नेपालमा नयाँ रियलमी C75 सार्वजनिक, जान्नुहोस मूल्य र विशेषताहरू

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी ले नेपालमा नयाँ रियलमी C75 सार्वजनिक गरेको छ। अत्याधुनिक विशेषता, मजबुत बनावट र उच्च प्रदर्शन क्षमताका साथ आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको दाबी छ।

रियलमी C75 IP69 प्रमाणित स्मार्टफोन हो, जसले धुलो र पानी प्रतिरोधी क्षमता प्रदान गर्छ। आर्मरसियल ग्लास प्रविधिले यो स्मार्टफोनलाई २६०% बढी ड्रप रेजिस्टेन्ट र ४००% बढी स्क्र्याच रेजिस्टेन्ट बनाएको छ। कम्पनीका अनुसार यो फोन आकस्मिक खसेर वा कम्पन हुँदा समेत टिकाउ रहनेछ र नेपालमा  ८+१२८GB भेरियन्टको मूल्य – रु. २६,९९९ र  ८+२५६GB भेरियन्टको मूल्य – रु. २९,९९९ सार्वजनिक गरिएको छ ।

रियलमी C75 मा ६००० एमएएचको ब्याट्री दिइएको छ, जसले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टासम्म भिडियो प्लेब्याक र ६० दिनसम्मको स्ट्यान्डबाई टाइम प्रदान गर्नेछ। साथै, ४५ वाटको फास्ट चार्जिङ प्रविधिले ३० मिनेटमै ५०% चार्ज गर्न सक्नेछ।

यो स्मार्टफोनमा MediaTek Helio G92 Max प्रोसेसर प्रयोग गरिएको छ, जसले गति, गेमिङ, र एप सञ्चालनलाई सहज बनाउनेछ। यसमा ८GB डाइनामिक मेमोरी रहेको छ, जसलाई १६GB सम्म बढाउन सकिन्छ। साथै, १२८GB र २५६GB स्टोरेज अप्सन तथा MicroSD कार्ड सपोर्ट पनि उपलब्ध छ।

रियलमी C75 मा ६.७२ इन्चको फुल एचडी+ डिस्प्ले दिइएको छ, जसमा ९०Hz रिफ्रेस रेट उपलब्ध छ। यसले स्मूथ स्क्रोलिङ र उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ६८० निट्स ब्राइटनेस भएको कारण प्रत्यक्ष घाममा पनि डिस्प्ले स्पष्ट देखिनेछ।

रियलमी C75 मा ५०MP एआई क्यामेरा रहेको छ, जसले उच्च रिजोल्युसन र भाइब्रान्ट फोटोहरू खिच्न मद्दत गर्छ। एआई नाइट मोडले कम उज्यालोमा पनि उत्कृष्ट फोटो दिन्छ। ८MP फ्रन्ट क्यामेराले नेचुरल सेल्फी अनुभव प्रदान गर्नेछ।

रियलमी C75 मा एआई स्मार्ट लूप छ, जसले ब्याट्री बचत गर्न पावर म्यानेजमेन्ट गर्छ। एआई क्लियर फेस टेक्नोलोजीले भिडियो कलमा अनुहार स्पष्ट देखाउने सुविधा प्रदान गर्छ। साथै, स्मार्ट मोसन जेस्चर को सहयोगले हातका इशाराले नै फोन कन्ट्रोल गर्न सकिन्छ।

प्रतिक्रिया