आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने

सरकारले आज अर्थात जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। भोली सरकारी कार्यालय, शैक्षिक संस्था, सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरू बन्द रहने छन्।

तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरू भने आज खुल्ला रहने छन्। विभिन्न बैंकहरूले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केही शाखा कार्यालयहरू खुल्ला रहने जनाएका छन्।

प्राइम बैंक

आज सार्वजनिक बिदाको दिन प्राइम बैंकको कोशी प्रदेशअन्तर्गत बिर्तामोड र इनरुवा, मधेश प्रदेशको जनपुर, बागमती प्रदेशको कमलपोखरी, पुल्चोक, सुर्यबिनायक, नारायणगढ, गण्डकी प्रदेशको न्यूरोड पोखरा, लुम्बिनी प्रदेशको भैरहवा, कर्णाली प्रदेशको बिरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको अत्तरिया शाखाहरू बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।


नेपाल बैंक 

आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाको दिन नेपाल बैंक लिमिटेडको कोशी प्रदेश अन्तर्गत टंकीसीनवारी, धरान र बुधबारे, मधेश प्रदेश अन्तर्गत जनपुर, श्रीपुर र राजदेवी, बागमती प्रदेश अन्तर्गत काठमाडौँ बैंकिङ्क अफिस, हेटौँडा, चौतारा, धुन्चे र त्रिशुली, गण्डकी प्रदेश अन्तर्गत पृथ्वीचोक र बागलुङ (एक्सटेन्सन काउण्टर), लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा र रुकुमकोट, कर्णाली प्रदेश अन्तर्गत चौरजहारी शाखाहरू बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म खुल्ला रहने बैंकले जनएको छ। 


माछापुच्छ्रे बैंक

माछपुच्छ्रुे बैंकको कोशी प्रदेशअन्तर्गत इटहरी, मधेश प्रदेअन्तर्गत जनकपुर, बागमती प्रदेशअन्तर्गत न्यूरोड, नारायणघाट, गण्डकी प्रदेश अन्तर्गत अमरसिंह, लुम्बिनी प्रदेशअन्तर्गत भैरहवा, नेपागञ्ज, सुदूरपश्चिम प्रदेशअन्तर्गत महेन्द्रनगर शाखाहरू बिहान १०:बजेदेखि अपरान्ह ४:०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।


हिमालयन बैंक

हिमालयन बैंकको कोशी प्रदेशको रोडशेष चोक, दमक १, इटहरी, मधेश प्रदेशको बिरगञ्ज, बागमती प्रदेशको चाबहिल १, कलंकी, नयाँ बानेश्वर, हेटौँड, टाँडी, सुर्यबिनायक, गण्डकी प्रदेशको न्यरोड पोखरा, लुम्बिनी प्रदेशको न्यूरोड नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी २ मा शाखाहरू बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।



महालक्ष्मी विकास बैंक

आज सार्वजनिक विदाको दिन महालक्ष्मी विकास बैंकको कोशी प्रदेशअन्तर्गत विराटनगर, इटहरी, धरान, बिर्तामोड, दमक, मधेश प्रदेश अन्तर्गत जनकपुर, निजगढ, सिमरा, मलंगवा, चन्द्रनगाहापुर, बागमती प्रदेशअन्तर्गत सुकेधारा, दरबारमार्ग, नयाँबजार, सानोभर्याङ, हेटौँडा, टाँडी, पालुङ, धादिङबेसी नारायणगढ, गण्डकी प्रदेशअन्तर्गत लेकसाइड, चिप्लेढुङ्गा, शिशुवा, न्यूरोड, पोखरा, दमौली, लुम्बिनी प्रदेश अन्तर्गत भैरहवा, चन्द्रौटा, परासी, पकडी, बुटवल, घोराही, राजापुर, नेपालगञ्ज, बाँसगढी, सुदूपश्चिचम प्रदेशअन्तर्गत टिकापुर, बझाङ, डडेल्धुरा, धनगढी र बौनिया शाखा बिहान १०:०० बजेदेखी दिउँसो २:०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।


प्रतिक्रिया