काठमाडौँ। हाल देशभर आंशिक देखि साधारणतया बदली भई कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भूभागमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
12 Bhadra 2081, Budhbar 08:47 मा प्रकाशित
150
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar