अमेरिकी, अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी रियालको मूल्य बढ्यो, अन्यको कति? (हेर्नुहोस सूचिसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। 

सार्वजनिक विनिमयदर अनुसार आज अमेरिकी डलर, अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ भने युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ ९० पैसा र बिक्री दर १३६ रूपैयाँ ५० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ३२ पैसा र बिक्री दर १४१ रूपैयाँ ९४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ४४ पैसा र बिक्री दर १७१ रूपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ६५ पैसा र बिक्री दर १५२ रूपैयाँ ३२ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ९५ पैसा र बिक्री दर ८५ रूपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ३८ पैसा र बिक्री दर ९४ रूपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १६ पैसा र बिक्री दर १०० रूपैयाँ ६० पैसा रहेको छ। 

यसको साथै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६७ पैसा र बिक्री दर ८ रूपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६२ पैसा र बिक्री दर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ २८ पैसा र बिक्री दर ३७ रूपैयाँ १६ पैसा रहेको छ।

साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ३५ पैसा र बिक्री दर ९ रूपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ३१ पैसा र बिक्री दर १२ रूपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ९५ पैसा र बिक्री दर १९ रूपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया