नाडा शोलाई लक्षित गर्दै जोइलोङ्ग र एसआरएमका ८ नयाँ मोडल नेपाली बजारमा सार्वजनिक

काठमाडौँ | १० असोज २०८१: भिजी मोटर्स कम्पनीले नाडा अटो शो २०८१ लाई लक्षित गर्दै चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग र एसआरएमका ८ नयाँ मोडलहरू नेपाली बजारमा प्रवेश गराएको छ। काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा कम्पनीले यी मोडलहरूले नेपाली उपभोक्ताका लागि आवश्यक कमर्सियल गाडीहरूको माग पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरेको छ।

जोइलोङ्ग र एसआरएम चीनका प्रमुख कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीहरूमा पर्दछन्। नेपाली बजारमा हाल विक्री हुँदै आएको केही ब्राण्ड बाहेक अन्य गाडीहरू एसेम्ब्लिङ्ग उद्योगबाट उत्पादित हुने भएकाले भविष्यमा उपभोक्ताहरूलाई विक्रीपछिको सेवा तथा पार्टपूर्जाको उपलब्धतामा कठिनाइ हुनसक्ने चिन्ता रहेको बताइएको छ। यस सम्भावनालाई मध्यनजर गर्दै भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा उत्पादन भएका जोइलोङ्ग र एसआरएमका गाडीहरू नेपालमा भित्र्याएको हो।

जोइलोङ्गका ठूला माइक्रो बसहरूको अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले "जोइलोङ्गका माइक्रो बसहरू वर्षौंदेखि अनुसन्धान र परीक्षण गरी डिजाइन गरिएका हुन्," बताउनुभयो। जोइलोङ्गका गाडीहरू विभिन्न विकसित देशहरूमा रुचाइएका छन्, जसमा पावरफुल मोटर र ठुलो ब्याट्रीको प्रयोगले अधिकतम रेन्ज दिने क्षमता रहेको छ।

उक्त पत्रकार सम्मेलनमा भिजी मोटर्सले एसआरएम कम्पनीका ५ नयाँ मोडलहरू पनि अनावरण गरेको छ। यी मोडलहरूमा टी–३ पिकअप, २ सिटर कार्गो भ्यान, र ५ सिटर तथा ११ सिटर भ्यानहरू समावेश छन्। कम्पनीले यी विद्युतीय गाडीहरूले नेपाली बजारमा प्रदूषण गर्ने डिजेल गाडीहरूलाई विस्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

एसआरएम कम्पनीका महाप्रबन्धक श्री लि ग्वाले "एसआरएमका गाडीहरू सुरक्षित, टिकाउ र बलियो बडीका साथ निर्माण गरिएका छन्," बताउनुभयो। उहाँले थप्दै भन्नुभयो, "नेपाल सरकारले एयरब्याग अनिवार्य नगरे पनि एसआरएमका गाडीहरूमा एयरब्याग तथा एबिएस जस्ता सुरक्षा उपकरणहरू जडान गरिएको छ।"

एसआरएमले आगामी ३ वर्षमा नेपाली बजारमा थप नयाँ मोडलहरू ल्याउने लक्ष्य राखेको छ भने भिजी मोटर्ससँगको सहकार्यबाट नेपाली उपभोक्ताले उत्कृष्ट विक्रीपछिको सेवा प्राप्त गर्ने कम्पनीले आशा व्यक्त गरेको छ।

उहाँ सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गर्नु हुन्छ ।

कार्यक्रममा विक्री सुरुवात गरिएको जोइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन्।

जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ KWH )

जोइलोङ्ग इए ५, १७ सिटर (रु ६० लाख, ६० KWH)

जोइलोङ्ग इए ६, २० सिटर (रु ७६ लाख, ८६ KWH)

त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन्।

एसआरएम टी –३ पिकअप (रु ३६ लाख, ४२ KWH)

एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ KWH)

एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ KWH)

एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ KWH)

एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ KWH)

भिजी मोटर्सको मुख्य उद्देश्य भनेको नै विक्रि पश्चातको सेवा हो। उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गरेर ग्राहकहरूको अपेक्षाहरू भन्दा माथि उठ्नु र ग्राहकको मन जित्नु नै भिजी मोटर्सको उद्देश्य रहेको छ ।

विशाल ग्रुपको सहायक कम्पनी भिजि मोटर्सले नेपालमा अत्याधुनिक अटोमोबाइल साधनहरु विक्री वितरण गर्दै आएको छ । नवीनता र दिगोपनालाई अघि बढाउने प्रतिबद्धताका साथ, भिजि मोटर्सले विश्व–स्तरीय इलेक्ट्रिक गाडीहरू प्रस्तुत गरेर देशको यातायात क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया