काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा मध्यम वर्षा कायम रहनेछ। बागमती, गण्डकी, मधेश र कर्णाली प्रदेशमा थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ, तर भारी वर्षाको जोखिम कम छ।