काठमाडौं। यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीहरूका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ। यो अफर २०८२ साल वैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ।
यस सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कूटर साटेर न्यूनतम रु. २५,००० को भ्यालुएसन पाउन सक्छन् (कर चुक्ताको प्रमाणपत्र अनिवार्य छ)। साथै थप रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, धरौटी विना सजिलो फाइनान्सिङ, मात्र ७.९९% ब्याजदरमा किस्ताबन्दी सुविधा, र "Thrill of 3" अफर अन्तर्गत रु. १ लाखसम्मको निश्चित छुट समेत पाउन सकिन्छ।
यस अफरमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू समेत उपहारस्वरूप प्रदान गरिनेछ।
यामाहाका लोकप्रिय मोडलहरू जस्तै RayZR 125FI Hybrid, R15, MT-15 V2, Aerox 155, WR 155R र FZ-S V3 विभिन्न प्रयोगकर्ताहरूका लागि तयार पारिएका छन्, जसले हाइ-माइलेज, स्टाइलिश डिजाइन र उच्च पर्फर्मेन्सको ग्यारेन्टी दिन्छ।
नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन हुँदै आएको यामाहा ब्रान्ड उच्च प्रविधि, विश्वसनीयता र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने ब्रान्डका रूपमा परिचित छ। कम्पनीले भविष्यमा पनि नेपाली उपभोक्ताहरूलाई अझ उत्कृष्ट सवारी अनुभव दिन प्रतिबद्धता व्यक्त गरेको छ।
ग्राहकहरूलाई आजै आफ्नै नजिकको यामाहा शोरूममा गई यो सुनौलो अवसरको फाइदा लिन आह्वान गरिएको छ।