inDrive Startup ICT Award २०२५ को विजेता बने ARKBO Technologies

काठमाडौं । नेपालको प्रतिष्ठित ‘inDrive ICT Award २०२५’ अन्तर्गत Startup ICT Award को विजेता काठमाडौंस्थित ARKBO Technologies Pvt. Ltd. बनेको छ । यो अवार्डले नेपाल र विश्वभरको प्रविधि क्षेत्रका उत्कृष्टहरूलाई सम्मान गर्दै आएको छ ।

ARKBO Technologies एक रणनीतिक मानव संसाधन विकास प्रणालीमा विशेषज्ञ स्टार्टअप हो, जसले संस्थागत वृद्धिलाई तीव्रता दिने काम गर्दछ । यसका मुख्य समाधानहरूमा Learning Management System (LMS), Online Examination System र Training Management System छन्, जुन .NET Core, PostgreSQL र React जस्ता आधुनिक प्रविधिहरूमा आधारित छन् । B2B SaaS र सेवा-आधारित मोडलमा सञ्चालित यो कम्पनीले सदस्यता-आधारित प्लेटफर्म र अनुकूलित इन्टरप्राइज समाधानहरू कर्पोरेट, बैंक, बीमा कम्पनी, व्यवसायिक समूह तथा अन्तर्राष्ट्रिय ग्राहकहरूलाई प्रदान गर्दछ । सफ्टवेयर विकासका अलावा कम्पनीले Office Automation Solutions, DevOps सेवा, VPS होस्टिङ र विश्वव्यापी कस्टम एप्लिकेसन विकास सेवा पनि उपलब्ध गराउँदछ ।

आयोजकले ARKBO लाई भविष्यका प्रयासहरूमा थप सफलताको शुभकामना व्यक्त गरेको छ । inDrive ICT Award २०२५ लाई नेपाल र विश्वभरको प्रविधि क्षेत्रका उत्कृष्टहरूलाई सम्मान गर्ने सबैभन्दा ठूलो टेक अवार्डका रूपमा चिनिन्छ ।

यो विजयले नेपालको स्टार्टअप इकोसिस्टमलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया