यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०६ पैसा बिक्री दर १३४ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४६ रूपैयाँ ४६ पैसा र बिक्री दर १४७ रूपैयाँ ०६ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ०९ पैसा र बिक्री दर १७१ रूपैयाँ ८६ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ४७ पैसा र ८८ रूपैयाँ ४७ पैसा रहेको छ। 

त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ६७ पैसा र बिक्री दर ९८ रूपैयाँ ११ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ १८ पैसा र बिक्री दर १०१ रूपैयाँ ६३ पैसा रहेको छ।  

युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ५० पैसा र बिक्री दर ३६ रूपैयाँ ६६ पैसा रहेको छ। मलेसिएन रिङ्गिट एकको खरिद दर ३० रूपैयाँ ०९ पैसा र बिक्री दर ३० रूपैयाँ २२ पैसा रहेको राष्ट्र्र बैंकले जनाएको छ। 


प्रतिक्रिया