काठमाडौँ। पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।
ठूलो पानी परेको र बादलले गर्दा मौसम खराब भएपछि धादिङको थाक्रे गाउँपालिका–७ आठकिलोमा सुरक्षित अवतरण गराइएको हो।
पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिकाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार खराब मौसमका कारण काठमाडौँ जान जोखिम भएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाएको छ।
28 Saun 2081, Mangalbar 07:26 मा प्रकाशित
377
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar