सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता

काठमाडौँ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे  र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससँग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरूले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनीले जनाएको छ। 

इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुशी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए। सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कामय हुनेछ।

क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर, म्यानेजर  अरुण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया