काठमाडौँ । नेपाल निर्यात परिषद्ले आफ्नो २७औँ साधारण सभा तथा ९औँ निर्यात दिवस २०८१ भव्य रूपमा सम्पन्न गरेको छ। ‘निर्यातको अभियान, समृद्धि नेपालको पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको यो कार्यक्रमले नेपालको निर्यात क्षेत्रको महत्व र सम्भावनाबारे छलफल गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रिय बजारमा उत्पादन कसरी निर्यात गर्न सकिन्छ भन्नेबारे विशेष चर्चा गरियो। कार्यक्रमले नेपालको हस्तकला, गलेचा, पस्मिना, मह, तयारी पोशाक, र जुत्ता जस्ता उत्पादनहरूलाई विश्व बजारमा पु¥याउन आवश्यक रणनीति र नीतिहरूको महत्त्वलाई उजागर गर्यो।
नेपाल निर्यात परिषद्ले निर्यात व्यवसायीहरूको हकहित संरक्षण गर्दै यस क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्दै आएको छ। परिषद्ले निर्यात व्यवसायीहरूको चुनौतीहरू समाधान गर्न र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन रणनीतिक पहलहरू गरिरहेको बताइएको छ।
यस अवसरमा, परिषद्ले आगामी दिनमा नेपाली उत्पादनहरूको निर्यात वृद्धि गर्न साझेदारी र नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएको छ। कार्यक्रममा सहभागीहरूले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार र नयाँ बजार पहिचानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
नेपाल निर्यात परिषद्ले निर्यात क्षेत्रलाई देशको समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गरिरहेको छ।