नाडा अटो शोमा लन्च हुने जीकर एक्स भन्सार नाकामा आइपुग्यो

काठमाडौं – नेपाली बजारका लागि वहुप्रतिक्षित लक्जरी एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ। भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शोमा लन्च गरिने यो एसयूभी नेपाल भित्र्याइएको हो। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार, जीकर एक्स अब केही दिनभित्रै काठमाडौंमा उपलब्ध हुनेछ।

यस लक्जरी एसयूभीको रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ भेरिएन्टहरू नेपालमा उपलब्ध हुनेछन्। प्रिमियम इलेक्ट्रिक भेइकलको रूपमा चिनिने जीकर एक्सको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख रहेको छ। चिनियाँ अटो निर्माता जिलीको प्रिमियम ईभी ब्रान्ड जीकरले यसमा सिंगल मोटर रियर–ह्विल–ड्राइभ तथा डुअल मोटर अल–ह्विल–ड्राइभ सिस्टम जडान गरेको छ।

यो नयाँ कम्प्याक्ट एसयूभीमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ। साथै, रियर ह्विल ड्राइभमा २०० किलोवाट र अल ह्विल ड्राइभमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले उच्च पावर र टर्क उत्पादन गर्नेछ।

जीकर एक्सले ३.८ सेकेन्डमै सून्यदेखि १०० किलोमिटर प्रति घण्टा सम्मको गति लिन सक्ने क्षमतासहित बजारमा आउनेछ। यसमा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर, र १२ वटा अल्ट्रासोनिक सेन्सरहरू समेत जडान गरिएको छ। कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४.३ इन्चको हेड-अप-डिस्प्ले, तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल रहेको छ।

जीकर एक्सलाई जीलीको सस्टेनेबल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको छ। यस एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम, उचाई १५७२ एमएम, र ह्विलवेश २७५० एमएम लामो रहेको छ, जसले यसलाई नेपाली बजारका लागि एक प्रमुख विकल्प बनाउनेछ।


प्रतिक्रिया