भूकम्प प्रतिरोधी घर निर्माणमा एएसी ब्लकले दिन्छ इँटाको विकल्प

काठमाडौँ।  पछिल्लो समय निर्माण क्षेत्रमा एएसी ब्लकको प्रयोग बढ्दै गएको पाइन्छ। जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, भूकम्प, ताप र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषताले गर्दा यसको प्रयोग बढ्दै गएको हो। 

परम्परागत इट्टाको तुलनामा हलुका, भूकम्प, ताप र अग्नि प्रतिरोधक भएकाले एएसी ब्लकको माग बढ्दो क्रममा छ। अटोक्लेभ्ड एरेटेड कंक्रिट अर्थात एएसी ब्लक बनाउँदा उर्जाको बचत हुने, आकारमा एकरूपता आउने, टिकाउ, ध्वनि अवरोधक र वातावरण मैत्री हुने भएपछि नेपालमा यसको प्रयोग बढ्दै गएको पाइन्छ।

जर्मन प्रविधिबाट उत्पादन गरिएको एएसी ब्लक प्रयोग गरेर घर तथा भवन निर्माण गर्दा सस्तो निकै सस्तो पर्ने, घर निर्माण कार्य छिटो सकिने र आकर्षक देखिने भएकाले पनि यसको प्रयोगमा बृद्धि भएको व्यवसायीहरू बताउँछन्। 

एएसी ब्लक रूचाइनुका कारणहरु धेरै रहेका छन्। सामान्यतयाः इट्टाको प्रयोग गर्दा १० देखि १५ प्रतिशत टुटफुट हुने गर्छ तर यसको प्रयोगमा २ देखि ३ प्रतिशत मात्रै टुटफुट हुन्छ। त्यस्तै निर्माणका क्रममा सिमेन्ट खपत कम हुने र अन्य तुलनामा ३० प्रतिशतसम्म सस्तो पर्न जान्छ। आजभोली धेरैजसो होटल तथा रिसोर्ट समेत एएसी ब्लकको प्रयोग गरि निर्माण गरिएको पाइन्छ। 

कुनै पनि भवन चाडोभन्दा चाँडो निर्माण सम्पन्न परम्परागत इट्टाभन्दा एएसी ब्लक प्रयोग गर्दा छिटो हुन्छ भने आगोले नटिप्ने भएकाले पनि यो निकै नै सुरक्षित मानिन्छ।

२०७२ सालको भूकम्पपछि नेपालमा यसको प्रयोग व्यापक बन्दै गएको हो। भूकम्प प्रतिरोधी क्षमताका कारण पनि यस्ता ब्लकप्रति उपभोक्ताको विश्वास बढ्दै गएको हो। एसीसी ब्लकका लागि नोपलमै ८० प्रतिशत कच्चा पदार्थ उपलब्ध छ भने बाँकी २० प्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्छ। 

एएसी ब्लकको उत्पत्ति र विकास

 एएसी ब्लकको आविष्कार २० औं शताब्दीको सुरूवातमा स्वीडेनमा भएको थियो। परम्परागत इँटाको विकल्पका रूपमा विकसित गरिएका यी ब्लकहरू इन्सुलेशन सुधार गर्न र तौल घटाउन डिजाइन गरिएका थिए। १९५० को दशकसम्ममा यी ब्लकहरू विश्वव्यापी रूपमा प्रख्यात भएको पाइन्छ।

एसियामा २० औं शताब्दीको उत्तरार्धमा द्रुत शहरीकरण र न्यून मूल्य तथा दिगो निर्माण समाधानको आवश्यकताले गर्दा एएसी प्रविधि लोकप्रिय हुन थाल्यो। चीन, भारत, जापान लगायतका देशहरूले यसको उपयोगलाई उच्च प्राथमिकता दिए।

नेपालमा पनि हाल एएसी ब्लकहरूको प्रयोग व्यापक रूपमा बढ्दै गएको छ। आधुनिक निर्माण प्रविधिमा आएको परिवर्तनले गर्दा नेपालका निर्माण व्यवसायीहरूले परम्परागत इँटाको विकल्पमा यी ब्लकहरू प्रयोग गर्न थालेका छन्। यिनको प्रयोगले लागत-समयको बचत मात्र नभई वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ।

एएसी ब्लक प्रयोगका अतिरिक्त फाइदाहरू

नेपालमा एएसी ब्लकहरूको प्रयोगले निम्न थप फाइदाहरू प्रदान गर्दछ:

कम यातायात लागत: हलुका भएको कारण यी ब्लकहरूको ढुवानी सहज र किफायती हुन्छ, विशेष गरी पहाडी क्षेत्रका लागि।

श्रम दक्षता: कम जोडहरू र मोड्युलर डिजाइनले निर्माण प्रक्रिया व्यवस्थित बनाउँछ। निर्माण प्रक्रियालाई सरल बनाउने भएकाले दक्ष श्रमिकहरू नभए पनि सहजै प्रयोग गर्न सकिन्छ।

दीर्घकालीन बचत: कम मर्मतसम्भार लागतका कारण लामो समयसम्म लाभदायक हुन्छ। साथै, यसले घरको भित्री तथा बाहिरी भागलाई नमी रहित राख्न सहयोग पुर्‍याउँछ।

सुविधाजनक डिजाइन: एएसी ब्लकहरूलाई विभिन्न डिजाइनहरूमा ढाल्न सकिने भएकाले, आधुनिक र आकर्षक भवन निर्माणका लागि पनि उपयोगी छन्।

प्रतिक्रिया