घट्यो सुनचाँदी मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  आज (मङ्गलबार) पनि सुनचाँदीको भाउमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो।

सोमबार छापावाल सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको थियो। मङ्गलबार भने घटेर १ लाख ५९ हजार २ सय रूपैयाँ कायम भएको हो। 

यता, चाँदीको भाउसमेत तोलामा १५ रूपैयाँले घटेको हो। यसअघि तोलामा १ हजार ८ सय ५० रूपैयाँ पुगेको चाँदीको भाउ घटेर आज १ हजार ८ सय ३५ रूपैयाँमा झरेको हो। 


प्रतिक्रिया