काठमाडौँ। आज (बिहिबार) सुनचाँदीको मुल्य १६ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रूपैयाँमा कायम भएको छ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
24 Magh 2081, Bihibar 11:55 मा प्रकाशित
84
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar