यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।  

अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २६ पैसा र बिक्री दर १३७ रूपैयाँ ८६ पैसा रहेको छ।  युरोपियन युरो एकको खरिद दर १४८ रूपैयाँ ८० पैसा र बिक्री दर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ६७ पैसा र बिक्री दर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५५ रूपैयाँ ७८ पैसा र बिक्री दर १५६ रूपैयाँ ४६ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३६ पैसा र बिक्री दर ८६ रूपैयाँ ७३ , क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ७३ पैसा र बिक्री दर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ८८ पैसा र बिक्री दर १०३ रूपैयाँ ३३ पैसा रहेको छ।

यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ २१ पैसा र बिक्री दर ९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ९४ पैसा र बिक्री दर १९ रूपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६५ पैसा र बिक्री दर ३७ रूपैयाँ ८२ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रूपैयाँ ५ पैसा र बिक्री दर ४ रूपैयाँ ७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३७ पैसा र बिक्री दर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ५ पैसा र बिक्री दर ३१ रूपैयाँ १८ पैसा रहेको छ। 

साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३८ पैसा र बिक्री दर ९ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६० पैसा र बिक्री दर १३ रूपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ९५ पैसा र बिक्री दर २० रूपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस्  


प्रतिक्रिया