काठमाडौं। हाल देशभरको मौसम प्रणालीमा मनसुनी वायुको सक्रियता कायम रहेको छ। नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, यी प्रदेशहरुमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशको अन्य भू-भागमा समेत आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
मनसुनी प्रणाली यस वर्ष असारको पहिलो सातादेखि सक्रिय भएसँगै विभिन्न स्थानमा लगातार वर्षा भईरहेको छ। पश्चिमी नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगाल क्षेत्रबाट सर्ने न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
मौसम विभागले सम्भावित वर्षाको कारण पहिरो, बाढी, सडक अवरुद्ध, हवाई उडानमा असर तथा सामान्य जनजीवनमा अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar