नक्शापास प्रक्रियाले घरधनीलाई के फाइदा हुन्छ?

काठमाडौँ। आजको लेखमा नक्शापास प्रक्रियाले घरधनीलाई के फाइदा हुन्छ भन्ने बारे यी ३ कुरामा हामी यहाँ चर्चा गर्ने छौँ। 

१) नक्शापास प्रक्रिया मार्फत घर बनाउँदा निर्माण कार्यले वैधानिकता पाउँछ जसले गर्दा घरधनी पालिकाबाट प्राप्त हुने सेवा सुविधाका लागि योग्य हुन्छ। 

२) नक्शापास प्रक्रियामा जाँदा पालिकाबाट कस्तो घर बनाउने, कस्तो ठाउँमा बनाउने, के कस्तो निर्माण सामग्री प्रयोग गर्ने, लगायत दक्ष कामदारको बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ। 

३) समय समयमा नगरपालिकाका प्राविधिकहरू निर्माण स्थलमा गई नक्शा अनुसार निर्माण भए नभएको जाँच गरी सो बमोजिम गर्ने हुनाले भवन संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण हुने कुराको सुनिश्चितता प्रदान गर्छ।

यी कुराहरूलाई ध्यान दिएर नक्सापसा गर्दा विभिन्न किसिमका झन्झटबाट छुटकारा पाउन सकिन्छ। 

प्रतिक्रिया