भूकम्प वा अन्य कुनै पनि जोखिमको आवस्थामा अस्थायी आवास निर्माण गर्दा ध्यान दिनुहो यी दुई कुराहरूलाई

काठमाडौँ।  भूकम्प वा कुनै पनि आपतकालिन अवस्थाका लागि बस्नका लागि हामिले अस्थाई आवास निर्माण गर्न सक्छौँ। आजको लेखमा अस्थायी आवास अर्थात घर निर्माणको स्थल छनोट र अस्थायी आवासको ढाँचा बारे चर्चा गर्ने छौँ। 

अस्थायी आवास निर्माण स्थलको छनौट

१‍. अस्थायी आवास निर्माण गर्दा बाढी, पहिरो लगायत विपद्को जोखिमबाट समेत सुरक्षित हुनु पर्छ। 

२. अस्थायी आवास निर्माण गर्दा पछि स्थायी आवासका लागि सुरक्षित जग्गा छुट्याएर निर्माण स्थलको छनोट गर्नुपर्दछ। 

अस्थायी आवासको उपयोग

१.अस्थायी आवास निर्माण गर्दा तत्काल भूकम्पले क्षति गरेको घरका उपयोगी समानको प्रयोग गर्न सकिन्छ। 

२. अस्थायी आवासमा प्रयोग भएका जस्तापाता लगायतका सामग्रीहरू पुनः प्रयोग गर्ने गरी बनाउन सकिन्छ। 

यी कुराहरूलाई ध्यान दिएर अस्थायी आवास निर्माण गर्दा भूकम्प र अन्य विपदको जोखमबाट जोगिन मद्धत पुग्छ। 

प्रतिक्रिया