देशभर बदली, गण्डकी र लुम्बिनी-को एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

weather forecast

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेको छ। हाल देशभर सामान्य बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी, तराईमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा केही स्थानमा मध्यम वर्षा हुन सक्छ। बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम, तराईमा केही स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी, तराईमा धेरै स्थानमा मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम, तराईमा केही स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा सम्भावित छ।


प्रतिक्रिया