तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ। तेह्रथुम पावर कम्पनीले गत असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अर्थात साउन १२ गते आइतबार अन्तिम दिन रहेको छ।

कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले ४० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छथर, म्याङलुङ, फेदाप र संक्रान्ति बजार शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया