काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा नकारात्मक असर पार्ने बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नीति स्थायित्वको आवश्यकता औंल्याउँदै निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखे। "निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गर्छ, रोजगारी सिर्जना गर्छ, राज्यलाई कर तिर्छ। तर पछिल्लो समय कतिपय गतिविधिले गलत भाष्य फैलाइरहेको छ, जसले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको छ। यसमा परिवर्तन आवश्यक छ," उनले भने।
अध्यक्ष ढकालले सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। तर, यसको प्रभावकारी कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे।
नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रकै पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर विकास गतिविधि अघि बढाइरहेको जानकारी दिए।
विदेशी लगानी आकर्षित गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउँदै अध्यक्ष ढकालले व्यवसायिक वातावरण सुधार र लगानी प्रवद्र्धन महासंघको प्राथमिकतामा रहेको उल्लेख गरे। उनले आगामी बजेटमार्फत आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिए।
उनले पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि, लोडसेडिङ जस्ता समस्याले औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई असर गरिरहेको बताउँदै यस समस्याको तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरे।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar