काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप लक्जरी स्टोरको भव्य उद्घाटन गरेको छ। यससँगै कम्पनीले पहिलो पटक नेपालमा विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी (Emporio Armani) ल्याएको छ भने स्विस लक्जरी ब्रान्ड बाली (Bally) लाई नयाँ शैली र अवधारणासहित पुनः लन्च गरेको छ।
सो स्टोरको उद्घाटन नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाले संयुक्त रूपमा गर्नुभएको थियो। समारोहमा नेपालका व्यवसायी, फेसन डिजाइनर, जीवनशैली विज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले उद्घाटन समारोहमा बोल्दै नेपालको लक्जरी रिटेल बजारमा नयाँ अध्याय सुरु भएको बताउनुभयो। उहाँका अनुसार, एम्पोरियो अरमानीले नेपालमा पहिलो पटक इटालियन परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सौन्दर्य प्रस्तुत गर्दैछ, जुन विशेष गरी आधुनिक युवा पुस्तालाई लक्षित गरिएको छ।
त्यस्तै, स्विस ब्रान्ड बालीले आफ्नो समृद्ध परम्परा र हस्तकला कौशललाई समेटेर नयाँ डिजाइन दृष्टिकोणसहित नेपाली बजारमा पुनः प्रवेश गरेको छ। आधुनिक र आकर्षक इन्टेरियरले सुसज्जित स्टोरले अन्तर्राष्ट्रिय स्तरको किनमेल अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारमा स्थापित नाम हो, जसले विश्वका चर्चित घडी, फेसन तथा जीवनशैली ब्रान्डहरूको आधिकारिक विक्रेताको रूपमा काम गर्दै आएको छ। कम्पनीले आफ्ना ग्राहकलाई नयाँ अनुभव दिने तथा लक्जरी रिटेल क्षेत्रमा नवीनतम मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
उक्त भव्य उद्घाटनसँगै जे एण्ड को नेपालमा लक्जरी खुद्रा बजारको अग्रणी र ट्रेन्डसेटरको रूपमा स्थापित भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar