काठमाडौँ। आज पनि सुन–चाँदी दुवैको भाउ घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रूपैयाँले घटेर १ लाख ६५ हजार रूपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको भाउ १ लाख ६६ हजार रूपैयाँ रहेको थियो।
यता, सोमबार चाँदीको भाउ पनि तोलामा ५ रूपैयाँले घटेर १९ सय ५५ रूपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रूपैयाँ रहेको थियो। यसअघि आइतबार पनि सुन र चाँदीको भाउ क्रमशः प्रतितोला ५०० र २० रूपैयाँले घटेको थियो।
27 Kartik 2081, Sombar 12:13 मा प्रकाशित
159
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar