नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विगत लामो समयदेखि विविध सामाजिक तथा पर्यावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। व्यावसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै टेलिकमले पुराना कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ गतिविधि थप गरेको छ।

हरियाली संरक्षण तथा वृक्षरोपण : काठमाडौंको माइतीघरदेखि तिनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल टेलिकमले मौसमी फूलका बिरुवा, दुबो तथा रुखहरु रोप्ने, गोडमेल गर्ने र काँटछाँट जस्ता क्रियाकलापमार्फत सौन्दर्य अभिवृद्धिमा योगदान पुर्‍याएको छ।

विद्यालयमा शैक्षिक सामग्री वितरण: नेपाल टेलिकमले देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरणको कार्यलाई प्राथमिकता दिएको छ। फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुटजस्ता सामग्री वितरणका साथै २० जिल्लाका विद्यालयमा महिला स्वास्थ्य सामग्री Sanitary Pad Vending Machine समेत उपलब्ध गराएको छ।

वातावरण सरसफाइ अभियान: धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा सरसफाइ सहज बनाउन डस्टविन वितरण गरिएको छ।

वृद्धाश्रम तथा बाल आश्रममा सहयोग: सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूको संरक्षणस्थलमा भोजन, न्यानो कपडा तथा ब्ल्याङ्केट वितरण गरिएको छ।

अस्पतालमा ‘बेड कम चेयर’ वितरण: वीर अस्पताल लगायतका विभिन्न सरकारी अस्पतालमा बिरामी कुरुवालाई सहजता पुर्‍याउन टेलिकमले ‘बेड कम चेयर’ उपलब्ध गराएको छ।

विद्यालयमा निःशुल्क इन्टरनेट सेवा: देशभरका १०० विद्यालयमा १ वर्षका लागि ५० Mbps गतिको FTTH इन्टरनेट निःशुल्क प्रदान गरिएको छ। FTTH सेवा नपुगेका क्षेत्रमा Namaste Wi-Fi (WBB) सहितको 4G प्याकेज पनि उपलब्ध गराइएको छ।

अन्य सामाजिक गतिविधि, नेपाल टेलिकमले निम्न सामाजिक कार्यहरु पनि गरेको छ:

  • फरक क्षमता भएका व्यक्तिहरुलाई नि:शूल्क सिमकार्ड वितरण।
  • विभिन्न पर्व तथा विपत्तिमा नि:शूल्क कलर रिङ्गटोन तथा Bulk SMS मार्फत सूचना प्रसारण।
  • विपद् राहत वितरणमा सक्रियता।

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वका यी कार्यक्रमहरु सञ्चालन गरेर देशको सामाजिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

प्रतिक्रिया