नयाँ घरमा सर्न र जग हाल्न कुन दिन शुभ हुन्छ?

काठमाडौँ।  हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्नलाई साइत हेर्ने चलन छ। घरजग्गाको सन्दर्भमा त झनै साइत जुराएर मात्र कामको थालनी गर्ने गरिन्छ।  

घरको जग राख्न, नयाँ घर प्रवेश अर्थात गृह प्रवेश गर्न शुभ साइत हेर्ने गरिन्छ। अझ कतिपयले जग्गा पास गर्न पनि साइत हेराउने गर्छन्। यसरी साइतको दिन पूजापाठ गर्नाले भविष्यमा बाधा भोग्नुनपर्ने जनविश्वास छ। गृह प्रवेश, र जग राख्न यस वर्षका लागि शुभ मानिएका दिनहरू आजको लेखमा समावेश गरिएको छ।

२०८१ सालमा गृहप्रवेश र घरको जग राख्नका लागि अत्यन्तै शुभ र अशुभ मानिएका दिनहरूः 

गृह प्रवेशका प्रकार

गृह प्रवेश मुख्यत तीन प्रकारका हुन्छन्, ती हुन्ः ‘अपुर्व’, ‘सपुर्व’, र ‘द्वद्व’। ‘अपूर्व’ भनेको नयाँ घरको प्रवेश हो। ‘सपूर्व’ भनेको यात्रा पश्चात् घर प्रवेश हो र, ‘द्वद्व’ भनेको जिर्णोद्वार गरि बनाएको घरको प्रवेश हो। यी तीनै प्रकारका गृह प्रवेशका लागि एउटै साइत उपयुक्त मानिन्छ।

२०८१ सालमा गृह प्रवेशका शुभ साइतहरूः

माघ २५ गते, शुक्रबार 

माघ २६ गते, शनिबार 

फागुन २३ गते, शुक्रबार 

गृह प्रवेश (नँया घरमा सर्न) का लागि कुन महिना शुभ र कुन महिना अशुभ हुन्छ त?

आगामी माघ महिनामा गृहप्रवेश गर्नाले धनलाभ, फाल्गुनमा गृहप्रवेश गर्नाले सन्तान र धन लाभ, चैतमा गृहप्रवेश गर्नाले धनको हानी, वैशाखमा गृहप्रवेश गर्नाले धनधान्यको लाभ र ज्येष्ठमा गृहप्रवेश गर्नाले पशु र सन्तानको लाभ हुनेछ। अन्य महिनामा गृहप्रवेश गर्नाले हानी र शत्रूको भय हुन्छ।

२०८१ सालमा नयाँ घरको जग राख्ने शुभ साइतहरू कुन कुन  महिनामा छ त? 

मंसिर ३ गते, सोमबार 

पुष २७ गते, शनिबार 

फागुन २६ गते, सोमबार 

नयाँ घर निर्माण सुरू गर्नको लागि कुन महिना शुभ र कुन महिना अशुभ रहेको छ?

चैतमा गृहारम्भ गर्नाले शोक, वैशाखमा गृहारम्भ गर्नाले धनधान्यको लाभ, ज्येष्ठमा गृहारम्भ गर्नाले मृत्यु, असारमा गृहारम्भ गर्नाले पशुनाश, साउनमा गृहारम्भ गर्नाले पशुवृद्धि, भाद्रमा गृहारम्भ गर्नाले दारिद्रय, असोजमा गृहारम्भ गर्नाले कलह, कार्तिकमा गृहारम्भ गर्नाले कामको हानी हुन्छ।

त्यस्तै, मङ्सिर र पुषमा गृहारम्भ गर्नाले धनधान्यको वृद्धि, माघमा गृहारम्भ गर्नाले अग्निभय, फाल्गुनमा गृहारम्भ गर्नाले धनको प्राप्ति हुनेछ। 

प्रतिक्रिया