काठमाडौं । सन् १९७३ देखि यात्रुहरूलाई स्थानीय अनुभव दिने प्रतिवद्धता राख्दै आएको मर्क्योरले नेपालमा आफ्नो पहिलो होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सको भव्य उद्घाटन गरेको छ। काठमाडौँको मुटुमा अवस्थित यो होटलले परम्परागत नेपाली संस्कृति र आधुनिक आतिथ्यताको सम्मिश्रणका साथ पाहुनाहरूलाई उत्कृष्ट बसाइको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा प्रत्येक कोठालाई काठमाडौँको मौलिकता झल्कने गरी डिजाइन गरिएको छ। पाहुनाहरूका लागि हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यावलोकनको सुविधा सहितको प्राकृतिक प्रकाशले भरिएका कोठा उपलब्ध छन्।
होटलले खानपिनका लागि विविध विकल्पहरू प्रस्तुत गरेको छ।
DYNE रेस्टुरेन्टले अन्तर्राष्ट्रिय क्लासिकदेखि प्रामाणिक स्थानीय स्वादसम्मका परिकार प्रदान गर्दछ।
Sopra Italianले इटालियन परिकारमा रुचि राख्नेका लागि उत्कृष्ट गन्तव्य हो।
Zaiqaले परम्परागत भारतीय परिकारहरूको स्वाद दिन्छ।
Sukra Bar मा पाहुनाहरूले रूफटपमा बसेर शहर र डाँडाकाँडाको दृश्यास्वादन गर्न सक्छन्।
होटलको रूफटप इन्फिनिटी पूल, स्टीम र साउना सहितको अत्याधुनिक फिटनेस सेन्टरले पाहुनाहरूलाई आराम र ताजगीको अनुभव प्रदान गर्दछ। साथै, विवाह, कर्पोरेट बैठक र सामाजिक उत्सवका लागि विशेष कार्यक्रम स्थलहरू पनि उपलब्ध छन्।
होटलको उद्घाटन समारोहमा एकोरका एसिया क्षेत्रका प्रमुख गार्थ सिमन्सले भने, "मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सले नेपालको संस्कृति र परम्परालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्नेछ।"
मेट्रोपोलिटन होटल प्रा.लि.का अध्यक्ष देश बन्धु बस्नेतले मर्क्योरसँग सहकार्य गर्न पाउँदा गौरव महशुस गर्दै भने, "यो साझेदारीले नेपालको समृद्ध सम्पदा र अतिथि सत्कारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सहयोग गर्नेछ।"
मर्क्योरको बारेमा
सन् १९७३ देखि स्थापित मर्क्योरले विश्वभर ६० भन्दा बढी देशमा १,००० भन्दा बढी होटलहरूको सञ्चालन गर्दै स्थानीयताको अनुभवलाई प्राथमिकता दिएको छ।