अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा सरसफाई सम्पन्न, पर्यटकको आकर्षण बढ्दो

म्याग्दी (रासस), २ मङसिर :  म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाई गरिएको छ । 

अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यु कान्छि बाराही युवा क्लवका नौ जना र वडा नम्बर –४ गाडपारको जनगारण युवा क्लवका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोला देखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहोर ब्यवस्थापन गरेका हुन् । 

कुहिने फोहोरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहोरलाई संकलन गरि केही तल ल्याएर जलाएको कार्यक्रमको अगुवाई गर्नुभएका सुरेन गुरुङले जानकारी दिनुभयो । वाइट सुरेन गुरुङ, सरसफाई अभियानकर्मी

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा त्यहाँको बारेमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टविन पनि राखिएको छ । 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटकहरु अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । वाइट आन्तरिक पर्यटक 

अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाईमा अन्नपूर्ण आधार शिविर परेको हो । 

#annapurnabasecamp

प्रतिक्रिया