काठमाडौं। २९ पुष : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याउने तयारी भएको जनाएको छ ।
सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाएको थियो । रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।
रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमीको मुख्य उद्देश्य भनेकोस्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दोबढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुलेनेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।