काठमाडौँ। सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सात वटै प्रदेशमा रहेका बैंकको शाखाहरू कार्यालय मार्फत यस वर्षका लागि तय गरिएको “Think before you follow, wise money tomorrow” भन्ने नारा लाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएको छ।
बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ ए.टि.एम सञ्जालहरू संचालनमा रहेका छन्।
10 Chaitra 2081, Aaitabar 09:43 मा प्रकाशित
119
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar