सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौँ। सूर्योदय वोमी लघुवित्तको एफपीओ आज (बुधबार) बाँडफाँट भएको छ। कुमारी क्यापिटलले एक कार्यक्रम आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो।

एफपीओमा रितपूर्वक आवेदन दिएका १५ लाख ६३ हजार ३२२ आवेदकमध्ये ४ हजार ६७२ जनाले सेयर पाएका छन्। तीमध्ये ९ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका हुन्।

साथै लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट पनि एफपीओको रिजल्ट हेर्न सक्नेछन्।

प्रतिक्रिया