‘नाडा अटो शो २०२५’ भदौ ३ देखि भृकुटीमण्डपमा हुने

काठमाडौँ।  नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा ‘नाडा अटो शो– २०२५’आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। 

प्रदर्शनीको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको नाडाका अध्यक्ष करण चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए। 

‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ।  

अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ तथा भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’का झलकहरू प्रदर्शनीमा देख्न पाइनेछ। 

यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्। 


प्रतिक्रिया