इनार बनाउँदै हुनुहुन्छ? यस्ता छन् वास्तु टिप्सहरू

काठमाडौँ।  हामीले कुनै पनि घडेरीमा घर वा भवन बनाउनु अगाडि नै पानीको व्यवस्थापन मिलाउने काम गर्नुपर्छ। 

आजको लेखमा वास्तु शास्त्र अनुसार कुवा वा बोरिङबाट पानी निस्किन्छ कि निस्किदैन? कति गहिरो खनेपछि निस्किन्छ? पानीको स्वाद, सुगन्ध र रङ कस्तो हुन्छ? र कस्तो हुनुपर्छ भन्ने विषयमा वास्तुशास्त्र अनुसार जलको व्यवस्थापनको विधि बारे यहाँ चर्चा गरिएको छ।

जुनसुकै स्थान वा गाउँ, शहर, बस्ती आवासीय कोलोनी वा निजी निवासको अग्नि कोण, वायव्य कोण, वा नैऋत्य कोणमा कुवा तथा पानीको ट्यांकी बनाउन हुँदैन। यस्तो कुवा वा पानीको ट्यांकी घरका सदस्यहरुका लागि त्यति सकात्मक उर्जा नदिन सक्छ। जसकारण भयावह र भूतप्रेतको स्रोत बन्न सक्छ। मुख्य रुपमा ईशान र पूर्व दिशा नै कुवा र पानीट्यांकीका लागि उपयुक्त स्थान मानिएको छ। यदि पूर्व वा ईशान कोणमा स्थानको अभावका कारण बनाउन सम्भव छैन भने पश्चिम वा उत्तर पश्चिम दिशामा कुवा खन्न सकिन्छ। भूखण्डको बीच भागलाई ब्रह्मस्थान भनिन्छ। सो स्थानमा कुवा खन्नु राम्रो मानिदैन।

शुभ महिना

वास्तुशास्त्र अनुसार बोरिङ, कुवा, इनार खन्नको लागि माघ, फागुन, वैशाख, जेठ, कार्तिक महिना उत्कृष्ट मानिन्छन्। यी महिनामा कुवा, इनार खनिएमा त्यस स्थानमा बस्ने घरमुलिको लागि अत्यन्त शुभ र फलदायक हुन्छ।

शुभबार 

सोमबार, बुधबार र बिहीबारलाई उत्कृष्ट मानिन्छ।

इनार खन्ने दिशा

इनार वा ट्यूवेल खन्नका लागि उत्तर दिशाबाट सुरू गर्नुपर्छ। ईशान कोणमा खन्दा पानी छिट्टै प्राप्त हुन्छ। तर नैर्ऋत्य वा वायव् कोणमा छ भने पानी छिट्टै सुक्ने सम्भवना हुन्छ। घरको ईशान कोणको मध्यरेखाको दायाँ बायाँ भागमा वा पूर्व दिशामा राम्रो मानिन्छ। 

प्रतिक्रिया