आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्यो (हेर्नुहोस् सूचिसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। 

जसअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढ्दा युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ घटेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ १३ पैसा र बिक्री दर १३६ रूपैयाँ ७३ पैसा रहेको छ। यसअघि भने अमेरिकी डलर एकको खरिद मूल्य १३६ रूपैयाँ ३ पैसा र बिक्री दर १३६ रूपैयाँ ६३ पैसा रहेको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ५८ पैसा र बिक्री दर १४२ रूपैयाँ २१ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ५८ पैसा र बिक्री दर १७१ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ २७ पैसा र बिक्री दर १५१ रूपैयाँ ९४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ८५ पैसा र बिक्री दर ८५ रूपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ६४ पैसा र बिक्री दर ९५ रूपैयाँ ६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ २३ पैसा र बिक्री दर १०० रूपैयाँ ६७ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६४ पैसा र बिक्री दर ८ रूपैयाँ ६८ पैसा,  चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६५ पैसा र बिक्री दर १८ रूपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३५ पैसा र बिक्री दर ३७ रूपैयाँ ५२ पैसा रहेको छ।

त्यसैगरी, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९८ पैसा र बिक्री दर ४ रूपैयाँ, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ६ पैसा र बिक्री दर ३७ रूपैयाँ २३ पैसा,  मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ४६ पैसा र बिक्री दर ३० रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया