नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा तथा बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ भने, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।

मध्यपूर्वी मुद्राहरुमा साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रुपैयाँ १५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया