काठमाडौं। स्मार्टफोन बजारमा नयाँ आयाम थपिएको छ– रेड्मी नोट १४ प्रो+ ५जी स्मार्टफोनले। यो फोन टिकाउपन र कार्यक्षमताको उत्कृष्ट सन्तुलनका साथ नेपाली बजारमा प्रवेश गरेको छ।
टिकाउपनको कुरा गर्दा, रेड्मी नोट १४ प्रो+ ५जी मा १.५के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ जडान गरिएको छ। यसको IP68 डस्ट र वाटर रेजिस्टेन्सले धुलो र पानीको क्षति न्युनीकरण गर्न मद्दत पुर्याउँछ।
स्मार्टफोनको फास्ट परफर्मेन्सका लागि स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटको प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङलाई सहज बनाउँछ। यसमा ८ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबी भेरियन्ट उपलब्ध छन्, जसले स्टोरेज समस्या हटाउँछ।
क्यामरा सेग्मेन्टमा, रेड्मीले २०० मेगापिक्सेलको मुख्य क्यामरासहित, ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामरा दिएको छ। डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोडले फोटो अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ।
५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्जले ‘फास्ट चार्जिङ’को आवश्यकता पूरा गर्दै जीवनशैलीलाई सहजीकरण गर्छ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याकका आकर्षक रंगहरूले फोनलाई शैलीपूर्ण बनाएको छ।
नेपालमा यसको मूल्य रु ४९,९९९ देखि रु ५४,९९९ सम्म छ, जसले बजेटअनुसारको विकल्प दिन्छ। EMI योजना पनि उपलब्ध भएकोले बजेटको चिन्ता कम हुने देखिन्छ।
विशेषज्ञहरूको भनाइ छ, यो फोनले टिकाउपन, सुन्दरता र प्राविधिक दक्षताको सन्तुलन खोज्ने प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नेछ। रेड्मी नोट १४ प्रो+ ५जी स्मार्टफोन अब नेपाली बजारमा बलियो विकल्पको रूपमा देखा परेको छ।