ह्वात्तै बढ्यो सुनको मूल्य: तोलामा २३०,६०० पुग्यो, चाँदीमा पनि देखियो ठुलो परिवर्तन

gold price update

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार, असोज १९, २०८२ (अक्टोबर ५, २०२५) का लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार, आज तेजाबी सुन (९९.९९% शुद्ध) को मूल्य प्रति तोला २३०,६०० रुपैयाँ तोकिएको छ, असोज १२, २०८२ को तुलनामा ७,४०० रुपैयाँले बढी हो। त्यतिबेला तेजाबी सुनको मूल्य प्रति तोला २२३,२०० रुपैयाँ रहेको थियो। यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रति तोला २,९३० रुपैयाँ कायम गरिएको छ, जुन असोज १२ गते २,८१० रुपैयाँको तुलनामा १२० रुपैयाँले बढी हो। 

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग वृद्धिका कारण सुनचाँदीको मूल्यमा यो उछाल आएको व्यवसायीहरूले बताएका छन्। दशैं–तिहार नजिकिँदै गर्दा यो मूल्य वृद्धिले उपभोक्ता र लगानीकर्ताहरूलाई प्रभावित गर्न सक्ने छ भने बजारमा कारोबारमा सतर्कता अपनाउन सुझाव दिइएको छ। सर्वसाधारणलाई मूल्य उतारचढावबारे जानकारी राख्न र विश्वसनीय स्रोतबाट किन्न सिफारिस गरिएको छ।


प्रतिक्रिया