काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो अहिलेसम्मकै सबैभन्दा बलियो र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन रियलमी C75 सार्वजनिक गर्ने तयारी गरेको छ। आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स जस्ता फिचरहरू समावेश गरिएका कारण यो स्मार्टफोन जस्तोसुकै कठिन परिस्थितिमा पनि भरपर्दो रहनेछ।
रियलमी C75 लाई आर्मसेल ग्लास प्रविधिबाट निर्मित गरिएको छ, जसले २६०% बढी ड्रप रेजिस्ट्यान्ट तथा ४००% बढी स्क्र्याच रेजिस्ट्यान्ट बनाउँछ। साथै, आईपी ६९ पानी प्रतिरोधी सुरक्षा भएको यो फोन २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा रहन सक्छ।
प्रमुख विशेषताहरू:
६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ, जसले लामो समयसम्म टिक्ने र छिटो चार्ज हुने सुविधा प्रदान गर्छ।
एआई पावर्ड क्यामेरा फिचरहरू, जस्तै एआई क्लियर फेस र एआई स्मार्ट लुप, जसले फोटोग्राफी अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ।
६.७२ इन्च फुल एचडी डिस्प्ले र ९० हर्जको रिफ्रेस रेट, जसले अल्ट्रा-स्मूथ र भाइब्रेन्ट डिस्प्लेको अनुभव प्रदान गर्छ।
उच्च-स्तरको पानी प्रतिरोधी प्रविधि र प्रोटेक्टिभ ग्लास, जसले कठिन परिस्थितिमा पनि फोनलाई सुरक्षित राख्छ।
रियलमी C75 ले बलियोपन, कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै स्मार्टफोन उद्योगमा नयाँ बेंचमार्क सेट गर्ने कम्पनीको विश्वास छ।