यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४१ पैसा र बिक्री दर १३४ रूपैयाँ १ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ८७ पैसा र बिक्री दर १४९ रूपैयाँ ५४ पैसा रहेको छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ३२ पैसा र बिक्री दर १७८ रूपैयाँ १२ पैसा रहको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ २ पैसा र बिक्री दर १५७ रूपैयाँ ७२ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ७८ पैसा र बिक्री दर ९१ रूपैयाँ १९ पैसा रहेको छ। 

त्यस्तै क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ २९ पैसा र बिक्री दर ९८ रूपैयाँ ७३ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ २१ पैसा र बिक्री दर १०३ रूपैयाँ ६७ पैसा रहेको छ। 

युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया