काठमाडौँ। पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। प्रतिकित्ता १०० रूपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रूपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरेको छ।
उक्त आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ।
18 Chaitra 2081, Sombar 11:13 मा प्रकाशित
400
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar