देशभर बदली, पहाडी क्षेत्रमा मध्यम देखि भारी वर्षाको सम्भावना

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ, र कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यम, तराईमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ, र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको जोखिम छ। मधेश प्रदेशमा दिउँसो तराईमा थोरै स्थानमा मध्यम र राति मध्यमदेखि भारी वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यम, तराईमा थोरै स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी, तराईमा थोरै स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा सम्भावित छ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया