काठमाडौँ। तनहुँको आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ८ अर्ब ३१ करोड ९१ लाख रूपैयाँ सङ्कलन गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।
कार्यालयलाई ८ अर्ब ४० करोड १७ लाख रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकोमा ९९ प्रतिशत लक्ष्य पूरा भएको कार्यालयले जनाएको छ। कार्यालयले चालु आ.व.मा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रूपैयाँ असुली गर्ने लक्ष्य लिएको छ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्। यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी-व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।
14 Chaitra 2081, Bihibar 09:15 मा प्रकाशित
231
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar