काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिज अन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई उत्कृष्ट वायरलेस इयरबड्स बजारमा ल्याइएका छन्। यी इयरबड्सले उच्च-गुणस्तरीय साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने शाओमीले जनाएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वी का अनुसार, रेड्मी बड्स ६ सिरिज प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउन तयार पारिएको हो। "हामी नवीनतम प्रविधि प्रदान गर्दै उच्च-गुणस्तरीय अडियो अनुभव, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू सुलभ मूल्यमा उपलब्ध गराउँदैछौं," उनले भने।
रेड्मी बड्स ६ लाइट – शक्तिशाली साउण्ड र एक्टिभ नोइज क्यान्सलेसन
१२.४ एमएम टाइटेनियम ड्राइभर सहित उत्कृष्ट अडियो अनुभव
४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसन, वरपरको अनावश्यक आवाज हटाइने
डुअल माइक्रोफोन तथा एआई नोइज रिडक्सन टेक्नोलोजी, स्पष्ट कल अनुभव
३८ घण्टासम्मको ब्याट्री ब्याकअप (चार्जिङ केससहित)
रेड्मी बड्स ६ प्ले – हल्का, सुविधाजनक र लामो ब्याट्री लाइफ
१० एमएम डाइनामिक ड्राइभर सहित उत्कृष्ट साउन्ड अनुभव
एआई नोइज रिडक्सन प्रविधि, कुराकानीको आवाज अझ स्पष्ट
३६ घण्टासम्मको प्लेब्याक टाइम (चार्जिङ केससहित)
१० मिनेट चार्जमा ३ घण्टा प्लेब्याक, यात्राका लागि उपयोगी
रेड्मी बड्स ६ सिरिज नेपालभरका सबै एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।
रेड्मी बड्स ६ लाइटको मूल्य – रु. ३,४९९
रेड्मी बड्स ६ प्ले को मूल्य – रु. १,९९९
शाओमीले रेड्मी बड्स ६ सिरिज नेपाली ग्राहकहरूका लागि उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने दाबी गरेको छ।