सानिमा जीआइसी इन्सुरेन्सको बोनस नेप्सेमा सूचीकृत

काठमाडौँ। सानिमा जीआइसी इन्सुरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा सोमबार अर्थात आज असार २ गते सानिमा जीआइसीको १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस शेयर पारित गरेको थियो। सोही शेयर अहिले सूचीकृत भएको हो।




प्रतिक्रिया