काठमाडौँ। गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वर स्थित भाटभटेनीमा तोडफोड हुँदा प्रतिकार गर्ने सुरक्षाकर्मी दुल प्रसाद पराजुली सम्मानित भएका छन्।
बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो। उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रूपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवा सहित सम्मान गरेको छ।
उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन्। सोही क्रममा पराजुलीले चैत्र १५ प्रदर्शनकारीहरू आएर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिड्न थाले त्यसपछि सबैजना मिलेर उनीहरूलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए।
उनले भने, “चैत्र १५ गतेको कुरामा आतंककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरू सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरू मिलेर उनीहरुलाई रोक्न थाल्यौं, अरू साथिले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए। मलाई डर भने लागेन।”
यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेरापर्सन सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
उनले भने, “चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेरापर्सन सुरेश रजकको परिवारलाई ५ लाख रूपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौँ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गर्दछु।”
उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए। उनले भने, “हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन्। राजा आउदैँन मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन। भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुदैँन। नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु।”
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar