9851314933 | info@gharjagganews.com

घरमा कस्तो पानी ट्याङ्की राख्ने?

काठमाडौँ। हामीले हाम्रो घरको छतमा पक्कै पनि पानीको लागि ट्याङ्क राख्ने गर्दछौँ। आजको लेखमा हामी स्टील र प्लास्टीको ट्याङ्कका बारेमा यी दुईबीचको भिन्नता बारे जानकारी दिने छौँ। 

स्टील ट्याङ्की

१‍. स्टीलको ट्याङ्क बजारमा  विभिन्न कम्पनीको पाइन्छ जनु चाहीँ लामो समय सम्म टिकाउ र बलियो हुन्छ। 

२. धेरै तापक्रम बहन गर्न सक्छ। 

३. स्टीलको ट्याङ्की फुट्ने र चुहिने सम्भावना ज्यादै न्यून हुन्छ।

३. बजारमा स्टीलको ट्याङ्कीको मूल्य बढी पर्छ। 

४. स्टीलको ट्याङ्कीलाई आफैँले पनि सफा गर्न सकिन्छ। 

५. लामो समय प्रयोग गर्न सकिन्छ।

प्लास्टीकको ट्याङ्क

१. प्लास्टीको ट्याङ्क घाम पानीले पनि असर गर्ने भएका कारण कम समय टिक्छ। 

२. धेरै तापक्रम बहन गर्न सक्दैन। 

३ स्टील ट्याङ्कीको भन्दा आयु कम हुन्छ किन कि घामपानीका कारण बाहिरी सहत कमजोर हुँदै जान्छ र फुट्न पनि सक्छ।

४. यसको भित्र पनि खिया त लाग्दैन तर विभिन्न खाले लेउ लाग्ने गर्दछ र किटाणुहरू फैलिन सक्छ। 

५. स्टीलको तुलनामा प्लास्टीकको ट्याङ्कीको मूल्य कम पर्छ।

यी कुराहरूलाई ध्यान दिनुहोस र यी दुई मध्ये कुन टंयाङ्की आफ्नो घरमा राख्ने भन्ने बारे दुविधा हट्छ र सहज हुन्छ। 

प्रतिक्रिया