काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यमदेखि भारी, तराईमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो आंशिक बदली रही एक-दुई स्थानमा मध्यम वर्षाको जोखिम छ। राति यी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने सम्भावना छ।
कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोको जोखिम हुन सक्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar