अक्टोबर २०२४ मा नेपालमा पर्यटक आगमनमा ६.०४% वृद्धि, २०१९ को तुलनामा ९२.७६% पुनः प्राप्ति

काठमाडौँ । अक्टोबर २०२४ मा नेपालमा १,२४,३९३ विदेशी पर्यटक आगमन भएको छ, जसले गत वर्षको तुलनामा ६.०४% वृद्धि देखाएको छ। २०१९ को तुलनामा ९२.७६% पुनः प्राप्ति भएको यो तथ्यांकले नेपालको पर्यटन क्षेत्रको सुधारतर्फ संकेत गरेको छ।

अघिल्लो वर्ष अक्टोबरमा १,१७,३०६, २०२२ मा ८८,५८२, २०२१ मा २३,३३८ र २०२० मा २,०२५ पर्यटक नेपाल आएका थिए। अक्टोबर २०१९ मा भने यो संख्या १,३४,०९६ रहेको थियो। साथै, अक्टोबर २०२४ मा १,०४,६८२ पर्यटकले नेपालबाट प्रस्थान गरेका छन्।

नेपालका लागि शीर्ष १० पर्यटक उत्पन्न गर्ने मुलुकमा भारत अग्रस्थानमा छ, जसबाट १६,३१३ पर्यटक (१३.११%) आएका छन्। दोस्रो स्थानमा अमेरिका (१२.८८%) र तेस्रो स्थानमा बेलायत (६.४५%) रहेका छन्। चीन, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, बङ्गलादेश, श्रीलङ्का र इटाली शीर्ष सूचीमा रहेका अन्य देशहरू हुन्।

#nepaltourism

प्रतिक्रिया