सुदूरपश्चिमका थप २ क्रिकेट खेलाडीले प्रोत्साहन रकम पाउने

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका थप २ जना खेलाडीले प्रोत्साहन स्वरूप १ वर्ष मासिक पारिश्रमिक पाउने भएका छन्।

सुदूरपश्चिम प्रदेशक क्रिकेट संघले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एकजना महिला र एकजना पुरुष खेलाडीलाई मासिक १५ हजार रूपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो। 

मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेका सुदूरपश्चिम प्रदेश क्रिकेट संघले जानकारी दिएको छ।  प्रदेश क्रिकेट संघले निकट भविष्यमै अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ। 

एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन्। डिसेम्बर १ देखि लागू हुने गरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिने गरि प्रायोजन सम्झौता भएको एमबी ग्रुपले जनाएको छ। 

सम्झौता भएसँगै एमबी ग्रुपले १ वर्षसम्म दीपक र अनुलाई मासिक रूपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ।

दीपक र अनुले सुदूरपश्चिमबाट धेरै वटा राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट पनि सहभागिता जनाइसकेका छन्। 

प्रतिक्रिया